नियम ९७
समिति सम्बन्धी व्यवस्था
(१) कुनै कर्मचारीको सेवामा बहाल रहँदाका बखत दुर्घटनामा
परी मृत्यु भएमा, चोटपटक लागि उपचार गर्नु परेमा वा आजीवन अशक्त भएमा निजले,
निजको परिवार वा सन्ततिले पाउने बृत्ति, उपचार खर्च वा उपदानको सम्बन्धमा
सफारिस गर्न देहायका सदस्यहरु भएको समिति रहनेछ ट्ठ–
(क) काठमाडौ उपत्यका स्थित कार्यालयका कर्मचारीको हकमा,
(१) सामान्य प्रशासन मन्त्रालयको प्रतिनिधि,
(२) अर्थ मन्त्रालयको प्रतिनिधि
(३) मन्त्रालयको प्रतिनिधि
(४) सम्बन्धित कर्मचारी कार्यरत कार्यालयको प्रमुख
(ख) काठमाडौ उपत्यका बाहेक अन्य जिल्ला स्थित कार्यालयको
कर्मचारीको हकमा,
(१) सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी,
(२) सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक
कार्यालयको प्रमुख,
(३) जिल्ला स्वास्थ्य प्रमुख
(२) उपनियम (१) बमोजिम गठित समितिलाई कुनै कर्मचारीको सेवामा बहाल
रहँदाका बखत दुर्घटनामा परी मृत्यु भएको हो वा होइन वा असक्त छ वा छैन वा
दुर्घटनामा परी चोटपटक लागेको हो वा होइन भन्ने सम्बन्धमा समेत सिफारिस गर्ने
अधिकार हुनेछ ।
(३) उपनियम (१) र (२) बमोजिमको सिफारिस देहायका कागजातहरुको
आधारमा गर्नु पर्नेछ ः-
(क) मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाणपत्र,
(ख) सरजमिन मुचुल्का प्रहरी प्रतिवेदन,
(ग) उपचार गराएको अस्पतालको कागजात वा बिल,
(घ) उपचार गर्नु पर्ने कर्मचारीको कार्यरत निकायको सिफारिस ।